भक्तपुर, १३ फागुन ।
दोस्रो भक्तपुर कप–२०७९ हिलिङ होम एफसीले जितेको छ ।
हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच शनिबार भएको फाइनलमा ५—४ गोलले हिलिङ होम एफसी विजेता बनेको हो ।
निर्धारित समयसम्म दुवै टीमले दुई दुई गोल गरी खेल बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले तीन गोल गर्न सफल भई विजय हात पारेको थियो । भक्तपुर युवा टीमको आयोजनामा भएको फाइनल खेलमा पहिलो गोल विजेता हिलिङ होम देवराज तामाङले गरेका थिए ।
खेल सुरु भएको सातौ मिनेटमै गोल गरेकामा जवाफी गोल पराजित केदारनाथ सुटर्सले खेल सुरु भएको ३४ औं मिनेटमा फर्काएका थियाे । सुदर्शन श्रेष्ठले गोल फकाई खेललाई बराबरीमा ल्याउन सफल भएको थियो ।
खेलको ४३ औ. मिनेटमा विजेता हिलिङ होम एफसीका देवराज तामाङले दोश्रो गोल गरी टीमलाई अगाडि वढाएका थिए । जवाफी गोल खेलको ६६ औ मिनेटमा पराजित केदारनाथ सुटर्सका सतिश सुवालले गरेपछि खेल बराबरीमा टुंगियाे ।
प्रतियोगितामा विजयी हुन सफल हिलिङ होम एफसीले नगद पुरस्कार एक लाख २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाए भने दोश्रो हुन सफल केदारनाथ सुटर्सले नगद ६० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।