असोज २८ राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ जिल्ला अध्यक्ष माधब प्रसाद आचार्यले प्रदेश सभा सदस्य पदमा राप्रपाबाट उमेदवारी दर्ता गरेका छन् ।
हिन्दु राष्ट्र कायम सवैधानिक राजसंस्था पुन:स्थापन भ्रस्टाचारलाई जरैबाट उखेलेर फाल्न बिकासको मूल फुटाउने लगायतका एजेन्डाका साथ उनले उमेद्वारी घोषणा गरेको छन् ।
राजनीतिक दलसंग जनता आजित भएको अवस्थामा अबको दिनमा जनताको पिडा बुझ्ने दल राप्रपा रहेको र जनताले यो पटक राप्रपालाई मत दिने उनले दाबी गरे ।