उदयपुर, ३ मंसिर
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उदयपुरबाट दुई लाख २८ हजार नौ सय ४६ जना मतदाताले मतदान गर्ने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार महिला एक लाख १२ हजार आठ सय ४९ र पुरुष एक लाख १६ हजार ९५ जना छन् । दुईजना अन्य लिंगका छन् ।
गत स्थानीय तह निर्वाचनयता महिला १५ सय ९८ र पुरुष तीा हजार दुई सय १० गरी कुल पाँच हजार आठ सय आठजना मतदाता थपिएका छन् । चार नगर र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको उदयपुरमा मतदानस्थल र मतदान केन्द्र पनि बढेकोे जिल्ला निर्वाचन कार्यालय, उदयपुरका प्रमुख खेमराज कोइरालाले बताए । निर्बाचनमा एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र कायम गरिएको छ ।