सप्तरी ४ मंसिर
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता सहभागी हुँदै छन् । आइतबार बिहान ७ बजेबाट सुरु भएकाे मतदान प्रक्रियामा उनीहरु सहभागी हुनेछन् । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार जिल्लामा २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र २१ जना अन्य गरी ४ लाख १८ हजार ३७४ मतदाता छन्।
१८ वटै स्थानीय तहमध्ये सबैभन्दा बढी राजविराज नगरपालिकामा ४० हजार ६८६ मतदाता छन्। जसमध्ये २१ हजार ६८० पुरुष, १९ हजार ४ महिला र २ अन्य छन् ।
सबैभन्दा कम बलान बिहुल गाउँपालिकामा १४ हजार ४९८ मतदाता छन् । जसमध्ये ७ हजार ६८९ पुरुष,६ हजार ८०९ महिला रहेको निार्वचन कार्यालयका प्रमुख रमेशकुमार जोशीले जानकारी दिएका छन् ।
अग्निसाइर कृष्णासवरण गाउँपालिकामा १८ हजार ८९१ छन् । जसमध्ये ९ हजार ३३५ पुरुष, ९ हजार ५ ५२ महिला र ४ अन्य ४ छन्।
कंचनरुप नगरपालिकामा ३६ हजार १३४ जना मतदाता छन्। जसमध्ये १८ हजार २९४ पुरुष, १७ हजार ८३६ महिला र ४ अन्य छन् ।
खडक नगरपालिकामा ३१ हजार ९९७ छन् । जसमध्ये१५ हजार ८३६ पुरुष,१६ हजार १५७ महिला र ४ अन्य छन् । छिन्नमस्ता गाउँपालिकामा १७ हजार ९१८ जना मतदाता छन् । जसमध्ये ९ हजार ६८५ पुरुष, ८ हजार २३३ महिला छन् ।
डाक्नेश्वरी नगरपालिकामा २८ हजार ७१७ रहेका छन् । जसमध्य् १५ हजार १८९ पुरुष, १३ हजार ५२८ महिला छन् ।
तिरहुत गाउँपालिकामा १४ हजार ७७१ मतदाता छन् । जसमध्ये ७ हजार ७९७ पुरुष, ६ हजार ९७४ महिला छन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा १९ हजार ७६८ जना छन् । जसमध्ये १० हजार ६४३ पुरुष,९ हजार १२५ महिला छन् ।
बोदेबरसाइन नगरपालिकामा २८ हजार ७०५ रहेका छन् । जसमध्ये १४ हजार ९५३ पुरुष, १३ हजार ७५२ महिला छन् । महादेवा गाउँपालिकामा १७ हजार २२ मतदाता छन्। ९ हजार २९ पुरुष,७ हजार ९९३ महिला रहेका छन् ।राजगढ गाउँपालिकामा १८ हजार ६२८ जना छन् । जसमध्ये ९ हजार ९६४ पुरुष, ८ हजार ६६४ महिला छन् ।
रुपनी गाउँपालिकामा १८ हजार २८७ जना रहेका छन् । जसमध्ये ९ हजार ५७७ पुरुष, ८ हजार ७०९ महिला र एक अन्य छन् ।
विष्णुपुर गाउँपालिकामा १५ हजार १ ४८ मतदाता रहेको जनाइएको छ । ८ हजार १२० पुरुष, ७ हजार २७ महिला र एक अन्य रहेका छन् ।
यसैगरी जिल्लाकै शम्भुनाथ नगरपालिकामा २४ हजार ११२ जना रहेका छन्। जसमध्ये ११ हजार ९८६ पुरुष, १२ हजार १२२ महिला र ४ अन्य छन् ।
सप्तकोशी नगरपालिकामा १५ हजार ४५४ जना रहेका छन् । जसमध्ये ७ हजार ६८९ पुरुष,७ हजार ७६५ महिला छन् ।
सुरुङ्गा नगरपालिकामा २९ हजार ६९३ जना छन् । जसमध्ये १४ हजार ७०२ पुरुष, १४ हजार ९९० महिला र एक अन्य छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकामा २७ हजार ९४५ जना छन् । जसमध्ये १५ हजार ११४ पुरुष, १२ हजार ८३१ महिलाा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।