काठमाडौं, २५ फागुन ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा परेको छ ।
माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ ।
माओवादी युद्धकालमा मारिएका भनिएका १७ हजार व्यक्तिमध्ये आफूले पाँच हजारको जिम्मा लिने १ माघ २०७६मा दिएको प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई साबिती बयानको रुपमा लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुटै रिट दर्ता भएको थियो ।