नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालबन्दी गरेका छन् ।
एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधि सभा चुनावमा समर्थन गर्ने कुरामा पार्टीले गलत निर्णय गरेका भन्दै कार्यकर्ताले विरोध जनाएको हो ।
एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । तर अन्तिममा उनलाई फिर्ता गरेर कमल थापालाई समर्थन गर्ने निर्णयमा एमाले पुगेको थियो ।