संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भेटवार्ता भएको छ ।
मन्त्री मोदीलाई भेट्नका लागि मेयर साहसहितको प्रतिनिधिमण्डल बुधबार मन्त्रालयमा आइपुग्नु भएको थियो । भेटका क्रममा स्थानीय तह र संघीय सरकारबीचको समन्वय र सुदृढ सहकार्यका विषयमा छलफल भएको छ ।