विराटनगर। सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्री अमन लाल मोदीले अब सरुवामा कसैको भनसुन नलाग्ने बताउनुभएको छ।
बिराटनगरमा भएको प्रदेश १ नेपाल राष्ट्रिय कर्मचारी संगठनको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएको हुन्। कर्मचारी सरुवाको बेथितीलाई न्यूनीकरण गर्न केही नितगत व्यवस्था गर्ने बताउनु भएको छ।
त्यस्तै नेतालाई भनिदिनुपने वा सुगम ठाउँमा बस्ने प्रवित्ति छ त्यसलाई अन्त्य गर्ने र नीतिगत व्यवस्था गर्नेमा जोड दिनुभयो।
त्यस्तै माओबादी नेतृत्वको सरकार भएको बेला माओवादी निकट कर्मचारीलाई भनेको ठाउँमा सरुवा हुनुपर्ने भन्ने मानसिकता पनि त्याग्न समेत आग्रह गरे।