पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत विराटनगरको कोशी अस्पतालले मेडिकल कलेज चलाउन स्वीकृति पाएको छ ।
मन्त्रिपरिषद्ले चिकित्सा शिक्षणका लागि कोशी अस्पताल विराटनगरलाई स्वीकृति दिएको हो ।
कोशी अस्पताललाई टिचिङका रूपमा प्रयोग गर्ने स्वीकृतिसँगै अब मेडिकल कलेज सञ्चालनको बाटो खुलेको पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा यादवराज कोइरालाले जानकारी दिनुभयो ।