काठमाडौँ । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले लामो समयदेखि रोकिई राखेको सङ्घीय निजामती सेवा ऐन आफ्नै पालामा ल्याउने बताएका छन् । सामान्य प्रशासन मन्त्रीको शपथपछि प्रशासन सिंहदरवार ब्युरोसँग बोल्दै उनले मन्त्रालयलाई गति दिन पनि ऐन जरुरी रहेको बताए ।
‘निजामती सेवा ऐन नल्याउँदा धेरै समस्या भएको छ’, मन्त्री मोदीले भने, ‘म मेरै कार्यकालमा ल्याउने प्रतिबद्धता जनाउँछु ।’