By: Krish Sharma
कैयौ राप पछी कैयौ ताप पछीअनी कैयौ बर्षात पछी , एउटा फुललाई समेत थाह छ कती समय लाग्छ फल फलाऊनको लागी
तर मेरो हरियो पासपोर्ट पाकेर रातो हुन मैले कती अनिधा रात हरु बिताउन पर्ने हो मलाई थाह छैन ।छोरीले बाबा भनेको सुन्न नपाएका मेरा कान, आमाको मुख नदेखी सूरु हुने बिहान र आफ्नै सपनाका चिहान , बस् यति छ म संग
म छोरीको भोली खोज्न, आज छोरी छोड़ेर हिड़ेको त्यो बाऊ हु जून केवल भित्ताको फोटो र भिड़ियो कलमा सीमित छ। चिया पसलको “ स्वार्थी बाऊ” नामको छलफलमा सीमित छ ।
हिजो म सानो हुदा मेरा बा परदेश गए आज मेरो छोरी सानी छे अनी म परदेशी भए।आज मैले क ख सिकाऊँन नपाएको मेरी छोरीले भोली मलाई पढेर के हुन्छ भनेर सोधे मेरा certificate हरूले के जवाफ देलान् मलाई थाह छैन !
आज मलाई छोरी नचाहीएको जस्तो देखेर, भोली मेरी छोरीलाई म नचाहिने हुने पो होकी ?
भोली , म सहितको घर छोडेर डलरको पछी किन दौड़िएको भन्ने उसको प्रश्न आयो भने म के जवाफ दीऊला ? भोली ऊ मलाई छोडेर आफ़ै ज़िन्दगीको पछी भागी भने म कुँन मुखले उसलाई रोकौला, मलाई थाह छैन !बाबा मलाई देशमा छोडेर किन बिदेशमा मलाई खोज्न निस्किनूभएथ्यो भन्ने प्रश्नमा “ तिम्रो जोगी बा लोभी थियो “ भनेर कसरी भन्ने मलाई यो पनी थाह छैन ।
तर मलाई यो थाह छ की आज मैले हानेको हरेक घण्टाले, भोली मेरै पुर्पुरो बजाऊछ अनी मैले ऐया पनी भन्न पाऊदिन ।