साझा यातायातले नेपालमा भित्र्याएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् ।
उनले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गरेकी हुन् । सो क्रममा उनले साझामा चढेकी पनि थिइन । साझाले यी बस काठमाडाैंकाे विभिन्न रुटमा चलाउने जनाएकाे छ ।
तुलनात्मक रुपमा यस्ता बस सञ्चालन खर्न निकै कम पर्ने जनाइएकाे छ । साथै वातावरणमा प्रदुषण त कम गर्ने नै भया।