काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेको अवस्थामा आफू जेल पुग्ने सक्ने चिन्ता व्याक्त गरेको नेपाल निकट नेताले बताएका छन् ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सारथी बनेर हिडेको आरोप आफ्नै नेताले लगाएपछि माधवले जेल जानबाट जोगिनकै लागि आफू देउवा र प्रचण्डको शरणमा पुग्नुपरेको ती नेताले बताएका छन् ।
ललिता निवासको जग्गा प्रकरणमा आफूलाई आफ्नै भनिनेहरुले फसाइदिएको र सो प्रकरणमा आफू जेल जाने अवस्था आएपछि ओली सरकार हटाएर अनैतिक भएपनि कांग्रेसको नेतृत्वमा सरकार बनाउन बाध्य भएको समाचार केही समय अघि जताततै आएका थिए ।
‘हामीले देउवा र प्रचण्डको भरिया बनेर कसरी पार्टी बन्छ रु कुनै हैसियत नै दिइएन भन्दा माधव कमरेडले जेलमा पुग्नुभन्दा देउवा प्रचण्डलाई नेता स्वीकार गर्नु नै कल्याण छ भन्नुभयो, त्यसैले उहाँले डडेलधुरामा देउवाले थर्काएपछि आफ्नो पार्टीका उम्मेदवारलाई निश्क्रिय बनाएर देउवालाई निशर्त सघाउन निर्देशन दिनुभएको छ,’ माधवसँगको भेटमा सहभागी बताए । उनका अनुसार माधवले ललिता निवास जग्गा प्रकरणमा जेल पुग्ने भएपछि देउवा र प्रचण्डलाई अनुनय बिनय गरेर ओली सरकार ढाल्न सहमत गराएको र नेकपा पनि फुटाउनु परेको बताएका थिए ।
अन्य अन्लाईनको सहयोगमा ।