नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन सत्ताको लागि मात्र नभएर मुलुकमा आएको परिवर्तनको रक्षाको अभियान रहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित सत्तागठबन्धनको बागमती प्रदेश स्तरीय संयुक्त भेला कार्यक्रममा बोल्दै उनले देशको प्रगति, सुशासनको एजेण्डामा गठबन्धन लडेको भन्दै गठबन्धनले राष्ट्रलाई शान्तिको बाटोमा लैजाने जिकिर गरे ।