काठमाडाैँ । प्रतिनिधि सभा र प्रदेशसभको निर्वाचनलाई केन्द्रित गर्दै आईतबार सत्ता गठबन्धनले काठमाडौंमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षण कार्यक्रम चलिरहेको थियो ।
कार्यक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरु सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा र प्रचण्ड पहिले नै पुगेका थिए । कार्यक्रम चलिरहेको बेलामा पुगे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुगे ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री देउवा हुन् भने, कार्यक्रम चल्दै गर्दा पुगेका अध्यक्ष नेपाललाई विशिष्ट अतिथि बनाइयो । त्यहाँ रोचक दूश्य के देख्न पाइयो भने प्रधानमन्त्री देउवा भएको सोफामा अध्यक्ष नेपाल बस्न गए तर, त्यहाँ उनलाई बस्न दिइएन ।
माधवलाई देउवा छेउमा बस्न लाग्दा सेक्युरिटीले उनलाई प्रचण्ड भएको सोफामा बस्न आग्रह गरे । उनी उतै गए ।
प्रचण्ड बसेको सोफामा बस्न पुगेका नेपालाई फेरि देउवाले यतै आउनू भनेर बोलाए । प्रचण्डसँग बस्न पुगिसकेका अध्यक्ष नेपाल देउवाले बोलाएपछि फेरि हाँस्दै देउवा छेउमा गए बसे ।