नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको गठबन्धन सबैभन्दा पवित्र गठबन्धन भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन वैचारिक, आर्थिक र सामाजिक सबै हिसाबले समानता कायम भएको दाबी गरे ।
