संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले चुनावी वाचा पूरा गर्न थालेका छन् ।
२०७४ सालको चुनावको बेलामा मन्त्री मोदीले बुढीगंगा र ग्रामथान गाउँपालिकाको सिमानामा निर्माणधीन सिंघिया खोला पुलको काम सम्पन्न गर्ने विश्वास मतदातालाई दिलाएका थिए । यो पुल २०५८ सालमा शिलान्यास भए पनि निर्माण हुन सकेको थिएन ।
निर्माणधीन सो पुलको मन्त्री मोदीले निरीक्षण गरेका छन् । आइतबार बिहान निरीक्षणका लागि पुगेका मन्त्री मोदीले पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।