लमजुङ, ४ मंसिर
हिमालपारिको जिल्ला मनाङमा मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुस्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ । जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ । जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन् ।
मनाङको २९ वटा मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । मनाङको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटीका आउन समय लाग्ने भएकाले मनाङमा सोमबार मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ ।