यूवा उद्यमी सन्तोष मेहताले मेरो होटेल्स् एप्स तथा मेरो होटेल्स् डटकम वेबसाईट संचालनमा ल्याएको छ । सुनसरी जिल्लाको भोक्राहा–नरसिङ गाउपालिका वडा नं. २ घर भई विराटनगरमा प्राइभेट अस्पतालमा जागिर गरिरहेका मेहताले पछिल्लो समय मेरो होटेल्स् एप्स संचालनमा ल्याएको हो ।
मेहता नेपाल सरकारको निजामती सेवा छोडेर भारतबाट एम बी ए अध्ययन गरि हाल विराटनगर स्थित गोल्डेन अस्पताल प्रा.लि. मा प्रबन्धक स्तरको जागिरे पदमा कार्यरत छन् । आन्तरिक तथा बाहृय पर्यटन विकास तथा प्रबर्द्धनका लागि पूर्वाधार तयार गर्ने उद्देश्यका साथ मेरो होटेल्स् एप्स संचालनमा ल्याएको हो ।
विदेशी तथा स्वदेशी पर्यटकले मेरो होटेल्स् एप्स डाउनलोड गरेर उक्त एप्स मार्फत नेपाल भरी आफुलाई चाहिएको स्थानमा, आफ्नो बजेट अनुसार खोजेको जस्तो सुविधा सम्पन्न होटल, रेष्टुरेन्ट, क्याफे, रिसोर्ट, पार्टी प्यालेस भेटाउन सक्छ ।
यस बाहेक यूवा जमातले एप्स मार्फत खर्च गर्न सक्ने गरी होटल, रेष्टुरेन्ट र क्याफे भेटाउन सक्छ । सगरमाथा टुडे संग कुरा गर्दै मेहताले भने : विराटनगरबाट सुरु भएको मेरो होटेल्स् एप्सलाई ६ महिना भित्र नेपालभरी पुर्याउने लक्ष्य राखेको छु । उनले भने, प्रयोग गर्न एकदम सजिलो यस एप्सबाट आन्तरिक तथा बाहृय पर्यटकलाइ आफ्नो चाहना तथा बजेट अनुसारको होटल रोजी सेवा लिन सहयोग पुग्ने अपेक्षा गरेको छु ।