Belbari Metro News : बेलबारी ७ अन्तर्गत चिसाङ खोलाको पुल देखि धैती खोलाको पुल सम्म ७ नम्बर वार्ड भरी ७ नम्बर वार्ड को पहलमा नगरपालिका तथा मोरङ सुनसरी सिचाइ सङ समन्वय गरि नहर को बाटो मा ग्रेड
र,रोलर गरि स्तरउन्नति गरिने भने पनि अति कम कच्चापदार्थ र मनपरी रोलर प्रयोगले गर्दा अतिनै गुणस्तरहिन काम भएको छ। नगर
पालिका र सिचाइको संयुक्त प्रयासमा पनि यति गुणस्तरहिन काम हुनु यो क्षेत्रका बासिन्दालाइ कति हद सम्म नगरले बेवास्ता गरिरहेको छ भन्ने प्रस्ट बुझ्न सकिन्छ। चाडपर्वका बेला जनताको दुख बुझेर यो बाटो राम्रो बनाएर बाटो सजिलो बनाउनु पर्नेमा यो कार्यलाई दसैंभत्ता कमाउने उपायको रुपमा मात्र त प्रयोग गरिएन नि???
बाटो बनाउने टोलिका एक प्राबिधिकका आनुसार यो बाटो निकै कम गुणस्तरीय र यस्को आयु धेरै नभएको जानकारी दिए।
Source: Belbari Times