नवलपरासी (पश्चिम), सुनवल नगरपालिका–३ राधाकृष्ण टोलस्थित सडकमा बा.२ च ७३३२ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने घनश्याम हरिजनको ४ वर्षीय छोरा प्रविन हरिजनकोे मृत्यु भएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।