संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा वैशाख ०४ गतेदेखि आयोजना हुने Twenty-second session of the united Nations permanent Forum on indigenous issues (UN-PFII) मा सहभागी हुनका लागि
माननीय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीज्यु अमेरिका प्रस्थान गर्नुभएको छ ।
भ्रमण दलमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी,
सदस्य सुबोधसिंह थारु, भोलाराम चौधरी, डा. उमा शंकर प्रसाद चौधरी,
मन्त्री मोदीका प्रमुख स्वकीय सचिव बिरु मण्डल, आदिवासी जनजाति आयोगका सदस्य सुर्य गुरुङ सहभागी हुनुहुन्छ ।