गोरखा, १६ फागुन ।
माथिल्लो माछाखोला जलविद्युत् आयोजनाको उत्पादन समय सिमा भन्दै चार महिना अघि बाट नै सुरु भएको छ ।
धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ४.५५ मेगावाटको आयोजनावाट चार महिना अघि नै उत्पादन सुरु भएको ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो आयोृजनाको सोमबार बालुवाटारबाट भर्चुअल रुपमा विधु उत्पादनको उद्घाटन गरेका छन् ।
विधुत प्राधिकरणसँग गरेको विद्युत् खरिद बिक्री सम्झौता अनुसार २०८० साल असार ३० गते विधुत उत्पादन गर्ने लक्ष्य रहे पनि सो मितिभन्दा ४ महिना अगावै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु भएको हो ।
सो क्षेत्रका सांसद बजगाईंले १३२ केभीएको ट्रान्समिसन लाइन निर्माण तत्कालै गर्नुपर्नेमा जोड गर्दैै त्यसका लागि गोरखामा जग्गाको कुनै समस्या नरहेको जानकारी प्रधानमन्त्री दाहाललाई दिएका थिए । बजगाईंले ट्रान्समिसन लाइन नबन्दा धेरै जलविद्युत् आयोजनालाई समस्या हुन थालेकोतर्फ प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएका छन ।
गैरआवसीय नेपालको मुख्य लगानी र स्थानियको सहयोगमा सो आयोजना निमार्ण भएको हो ।
जलविद्युत् कम्पनीका गैर आवासीय नेपाली संघका सचिव खगेन्द्र न्यौपानेलेले सरकारले एनआरएनलाई लगानी गर्ने बातावरण बनाए अन्य क्षेत्रमा पनि लगानी भित्रयाउन सकिने जनाएका छन ।
करिब एक करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा ३५ प्रतिशत लगानी संस्थापकहरूको छ भने राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी रहेको न्यौपानले जानकारी दिए ।