भक्तपुर, १४ फागुन ।
२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा अछाम मेल्लेख गाउँपालिका-६ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ ।
रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका-८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।