हेमन्त केसी
सुर्खेत, १ माघ ः जाजरकोटमा सञ्चालनमा रहेका लिफ्ट सिँचाइ योजनाहरु अलपत्र परेका छन । योजना निर्माण कार्य सम्पन्न भएको भनि जिल्ला कृषि विकास कार्यालयले सबैको भुक्तानी दिइसकेको भएपनि योजना भने अलपत्र परेका छन् ।
लिफ्ट गरेर भेरी नदीबाट ट्यांकी सम्मा ल्याइएको पाइपले ट्यांकी सम्मा नै नजोडि बीच बाटोमै अलपत्र पर्दा कृषकहरुलाई सिँचाइ गर्न समस्य भएको हो । भेरी नगरपालिका–१ रिम्ना स्थित भेरी नदीबाट लिफ्ट गरी ल्याइएको पानी ट्यांकी सम्मा पुगेको छैन । भेरी नदीम रहेको पानी स्रोत सम्मा पनि पाइप जडान नगरिदि खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय , जाजरकोटले निर्माण गरेको ट्यांकीमा पाइप जडान गरेर पानी तल्लो टंयाकी सम्मा ल्याइएको स्थानीय उपभोक्ताले बताएका छन् ।
सो आयोजनाको कुल लागत २५ लाख रहेको छ । आयोजना निर्माण गर्दा काम गरेका मजदुरले समेत ज्याला नपाएको बताएका छन् । लिफ्ट सिँचाइमा प्रयोग गरिएको सोलार कम्पनीले समेत ट्यांकी सम्म पाईप नल्याइ बीचमै छोडेको पाइएको छ । न त टंयाकीमा घेराबार नै लगाएको छ । कृषि विकास कार्यालयको बदमासीका कारण आफूहरु मर्कामा परेको कृषक गगनबहादुर खड्काले बताए । योजना नै अधुरा रहदा ,रहदै कसरी योजना सम्पन्न भयो भनि कार्यालयले हात झिक्यो ? आफू अचम्म परेको उनले बताए ।
त्यस्तै भेरी नगरपालिका–१२ बारेला स्थित दलित बस्तीमा रु १५ लाखमा लिफ्ट सिँचाइ योजना कृषि विकास कार्यालयबाट उपलब्ध गराएको योजना समेत अलपत्र परेको छ ।
भेरी नदीमा मोटर जडान गरी टंयाकी सम्मा पाइप ल्याइ ल्याउनु पर्ने भएपनि बीचमै पाइप छाडेर टंयाकी सम्मा नपुर्याउदा सिँचाइ सुविधाबाट कृषकहरु बन्चित भएका छन् । इमेलेचौर लिफ्ट सिँचाइ योजनाका अध्यक्ष रामे कामीले कृषि विकास कार्यालयले आफैँले सोलारका सोलार खरिद गर्न लगाएर आफूसँग सम्पर्क नगरी समितिको खाताबाट रकम निकासा गर्न लगाएको आरोप लगाए । भेरी नदीमा मोटर समेत खुल्ला रुपमा प्रयोग गरिएको छ । नदीबाट पाइपमा ल्याइएको पानी टंयाकी सम्मा नपुर्याई बीचबाटोमै छाड्दा कृषकले खेतबारीमा पानी प्रयोग गर्न नपाएको विकले बताए । पानीका लागि दैनिक खेतबारीमा झगडा हुने गरेको समेत कृषकको भनाई छ । पानी जम्मा गरी खेतबारीमा लिनका लागि बनाएको टंयाकी सम्मा पानी नपुर्याउदा कृषकहरु हैरान भएका हुन् । ३ सय मिटर भन्दा टाढा सम्मा मात्र पाइप ल्याएर बीचमै छाडिएको छ ।
त्यस्तै भेरी नगरपालिका–१२ स्थित बिष्णेचौरमा लिफ्ट सिँचाइ योजना निर्माण गर्न १५ लाख रकम खर्चीएपनि ट्यांकी सम्मा पानी नपुग्दा स्थानीयबासीले सिँचाइ गर्न पाएका छैनन । त्यहाँ ३५ घरधुरीका लागि भनि ल्याइएको उक्त पानी खेतबारी देखि ट्यांकी सम्मा नै नपुर्याइ योजना सम्पन्न भयो भन्दै जिल्ला कृषि विकास कार्यालयले भुक्तानी दिएको छ । योजना निर्माण गर्दा काम गरेका सर्वसाधारणले ज्वाला नपाएको भक्तबहादुर मल्लले बताए । त्यहाँ प्रयोग भएको सोलारको रकम समेत कार्यालयले समितिको खाताबाट आफैँ काटेर भुक्तानी दिएको मल्लले बताए ।
समितिलाई जानकारी नै नदिएर आफैँले सम्झौता गरेर समितिको खाताबाट रकम कटाएर सोलार कम्पनीलाई दिएको मल्लले बताए ।
कृषि विकास कार्यालय जाजरकोटले यही प्रकृतीका योजनामा सबै गरी १ कराेड ३३ लाख रुपैयाँ खर्च गरेको छ । ८० लाख रुपैयाँको काम गर्दा कार्यालयले सोलार खरिदमा सिधैँ आफैँले सम्पर्क गरेर समितिको खाताबाट रकम भुक्तानी गरेको उपभोक्ताले बताएका छन् ।उपभोक्ता समितिलाई थाहा नदिएर कार्यालयले उपभोक्ता समितिको नाममा कोटेशन बनाएर सोलारको रकम भुक्तानी दिन लगाएको तथ्य सार्वजानिक भएको छ ।
कार्यालयले बोलपत्र आवह्वान नगरी उपभोक्ताको नामबाट कागज मिलाएर सोलार खरिद गरेको पाइएको छ । ६ वटा लिफ्ट सिँचाइ योजनामा सोलार खरिद प्रक्रियामा उपभोक्तालाइ जानकारी नदिएर कार्यालयले आफैँले बदमासी गरेको पाइएको हो । उत्ता कार्यालय प्रमुख रविन धितालले बजेट अनुसारको काम भएर भुक्तानी दिएको दावी गरेका छन् ।