लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४४ औ जन्मजयन्तिको अवसरमा लायन्स क्लव अफ अर्घाखाँचीले पाणिनि वेदविद्याश्रम सन्धिखर्कमा अध्ययनरत बिद्यार्थीहरुलाई झोला बितरण गरेको छ ।
पाणिनी वेद विद्याश्ममा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी रहेका लायन्स इन्टरनेशनल ३२५ एम का डिष्ट्रिक प्रेसिडेन्ट हरिप्रसाद भुसालले समाजसेवा नै लायन्सको परिचय रहेको बताए ।
लायन्स क्लव अफ अर्घाखाँचीका संस्थापक अध्यक्ष समेत रहेका भुसालले अर्घाखाँचीमा लायन्स अभियान गर्व गर्न लायक रहेको बताउदै लायन्स क्लवको सक्रियता सवैको लागि सिकाई बन्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पाणिनि वेदविद्याश्रम सञ्चालक समितिका सचिब कृष्णप्रसाद भुसाल, पत्रकार श्याम घिमिरे लगायतले शुभकामना मनतब्य राख्दै संस्थाको महान कार्यको मुक्तकण्ठले प्रसंशा गरेका थिए ।
कार्यक्रममा लायन्स क्लव अफ अर्घाखाँचीको सदस्यको रुपमा थपिएएका मिरा थापा, सकुन्तला अधिकारी, अम्विका श्रेष्ठ, वेदराज घिमिरे र कुशल भुसाललाई स्वागत समेत गरिएको थियो ।
क्लवले अर्घाखाँची जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । ४८ जना सदस्य रहेको क्लव करीव डेढ वर्ष अघि स्थापना भएको हो ।