काठमाडौं, १५ पुस
कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ४८ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।
कन्य च्याउ प्रतिकेजी १८० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ रहेको छ ।
यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ८० रूपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।